काठमाडौं । आईसीसी टी- २० विश्वकप क्रीकेट प्रतियोगिता अन्तर्गत सुपर ८ को खेलमा इङ्ल्याण्डमाथि साउथ अफ्रिकाले रोमाञ्चक जित हात पारेको छ। इङ्ल्याण्डमाथी साउथ अफ्रिका ७ रनले विजयी भएको हो ।
वेस्टइन्डिजस्थित ड्यारेन सामी राष्ट्रिय क्रीकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउथ अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १६४ रनको लक्ष्य दिएको ।
जवाफी ब्याटिङ गरेको इङ्ल्याण्डले ब्याटिङतर्फ साउथ अफ्रिकाका ओपनर क्विन्टन डिककले उत्कृष्ट अर्धशतकिए पारी खेले । ३८ बलको सामना गरेका डिककले ४ चौका र ४ छक्काको मद्दतमा ६५ रनको योगदान दिए ।
त्यस्तै साउथ अफ्रिकाका डेभिड मिलरले ४३, रिजा हेनरिक्सले १९, ट्रीस्टन स्टुवसले १२ र हेनरी क्लासेनले ८ रन बनाए । बलिङ्तर्फ इङ्ल्याण्डका जफर आर्चरले सर्वाधिक ३ विकेट लिए भने मोइन अली र आदिल रशिदले समान एक- एक विकेट लिए ।
जवाफी ब्याटिङ थालेको इङ्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १५६ रन मात्रै बनाउन सक्यो । इङ्ल्याणडका लागि ह्यारी ब्रोकले सर्वाधिक ५३ रनको योगदान दिए ।
त्यस्तै लिएम लिभिङ स्टोनले ३३ र जोस बटलरले १७ रन बनाए । बलिङतर्फ साउथ अफ्रिका कागिसो रबडा र केशव महाराजले समान २-२ विकेट लिए ।
