मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

ललितपुरका मेयर चिरीबाबु महर्जनलाई अख्तियारले काट्यो पत्र 

ललितपुरका मेयर चिरीबाबु महर्जनलाई अख्तियारले काट्यो पत्र 

अख्तियारका कर्मचारीले बिहिवार मेयर महर्जनको कार्यकक्षमै गएर दुई छुट्टा छुट्टै पत्र बुझाएको अख्तियार स्रोतले जनाएको छ । 

बिहीबार , असार २१ २०८१
बिहीबार , असार २१ २०८१
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई बयानका लागि बोलाएको पत्र बुझाएको छ ।

    प्रेस संयोजकको नियुक्ति र बाढी पीडितलाई रकम वितरण गरेको विषयमा बयान लिनका लागि अख्तियारले दुई छुट्टाछुट्टै पत्र मेयर महर्जनलाई पठाएको हो । अख्तियारका कर्मचारीले बिहिवार मेयर महर्जनको कार्यकक्षमै गएर दुई छुट्टा छुट्टै पत्र बुझाएको अख्तियार स्रोतले जनाएको छ । 

    महानगरको कार्यपालिकाको बैठकको निर्णय विपरीत मेयर महर्जनले २०७७ सालमा धापाखेल क्षेत्रका बाढी पीडितलाई दुई लाख र डेढ लाख राहत दिएको भन्दै उजुरी परेपछि उनलाई बयानका लागि बोलाइएको अख्तियारले जनाएको छ । त्यस्तै प्रेस संयोजकको नियुक्तिको विषयमा पनि बयान लिन अख्तियारले उनलाई पत्र पठाएको हो । 

    मेयर महर्जनलाई अख्तियारले असार २६ र २८ गते टंगालस्थित कार्यालयमा बयानका लागि उपस्थित हुन भनेको छ ।  

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार