मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

बेलायती आम निर्वाचन

 बेलायतमा १४ वर्षपछि लेबर पार्टीलाई बहुमत, केअर स्टार्मर प्रधानमन्त्री बन्दै 

 बेलायतमा १४ वर्षपछि लेबर पार्टीलाई बहुमत, केअर स्टार्मर प्रधानमन्त्री बन्दै 

प्रधानमन्त्री ऋषी सुनकको कन्जरभेटिब पार्टीले जम्मा ९५ सिटमा जित हासिल गरेको छ ।

शुक्रबार, असार २२ २०८१
शुक्रबार, असार २२ २०८१
  • एजेन्सी । बेलायतमा करिब १४ वर्ष पछि लेबर पार्टीले स्पष्ट बहुमत प्राप्त गरेको छ । 

    बिहिवार भएको आम चुनावको नतिजा आउने क्रममा जारी रहेको छ । हालसम्म घोषित परिणाम अनुसार लेबर पार्टीले स्पष्ट बहुमत प्राप्त गरिसकेको छ । शुक्रबार बिहानसम्म ५७५ सिटको अन्तिम परिणाम घोषणा भइसक्दा लेबर पार्टीले ३८६ सिटमा जिट हासिल गरेको बेलायती सञ्चार माध्यमले जनाएका छन् । 

    त्यस्तै प्रधानमन्त्री ऋषी सुनकको कन्जरभेटिब पार्टीले जम्मा ९५ सिटमा जित हासिल गरेको छ । बेलायतमा बहुमतका लागि ३२६ सिट भए पुग्छ । गणना हुँन बाँकी रहेका स्थानमा पनि लेबर पार्टी नै अगाडी रहेकाले यस पटक कन्जरभेटिब पार्टीको १४ वर्षे शासनकाल अन्त्य हुने निश्चित भएको छ । 

    बहुमत प्राप्त गरेसँगै लेबर पार्टीका केअर स्टार्मरले आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने छन् । बेलायती प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार आम निर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टीले ठूलो हार बेहोरेको स्वीकार गर्दै हारको जिम्मेवारी आफूले लिने बताए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार