काठमाडौं । काठमाडौंको नागार्जुनमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।
शनिबार काठमाडौं नागार्जुन नगरपालिका– ३ स्थित सिङ्गल ट्री नजिकै पहिरो आई उक्त स्थानमा रहेको ट्रपिकल रेष्टुरेन्टको किचेन कोठा पुरिएको थियो ।
मृत्यु हुनेमा गोरखाको लखन गाउँपालिका– ६ घर भई सोही रेष्टुरेन्टमा हेल्पको रुपमा काम गर्दै आएका २२ वर्षीय मनोज विक रहेका छन् । काठमाडौं प्रहरी उपत्यका कार्यालय रानी पोखरीका अनुसार पहिरो आएपछि रेष्टुरेन्टको कोठमा रहेका मनोज घाइते भएका थिए ।
घाइते उनलाई तत्काल उपचारको लागि स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
