काठमाडौं । फरक क्षमता भएकाहरू मध्ये दृष्टिवीहिनहरू बिभिन्न मागहरू राख्दै विगत ९ दिनदेखि सडक आन्दोलनमा छन् । उनिहरू ८ बुदे मागराखेर आन्दोलनमा उत्रिएका हुन ।
उनिहरूले दृष्टिविहीन अपगता भएकाहरूमाथि ज्यादति भएको भन्दै आफुहरूको मानवाधिकारको रक्षा गरिनुपर्ने माग राखेका छन् ।
पछिल्लो समय सरकारले दृष्टिविहीन अपंगता भएकाहरूको अधिकारको रक्षा गर्न नसकेको भन्दै सरकारको चर्को विरोध गरेका छन् । उनिहरूले दृष्टिविहीन अपांगता भएकाहरूको भत्ता वृद्धि गरिनुपर्ने , स्वरोजगारको ग्यारेन्टी गरिनुपर्ने , गास बास र कपासको व्यवस्था गरिनुपर्ने माग राखेका छन् ।
उनिहरूले दृष्टिविहीनहरूको रोजगारी र निशुल्क स्वास्थ्य , शिक्षाको व्यवस्था सरकारले गर्नुपर्ने माग गरेका छन् । ९ दिनदेखि सडक आन्दोलनमा रहेका उनिहरूले सरकारी अफिसमा कोटा छुट्याईनुपर्ने , संस्था स्थापनाका लागि घर निर्माण गर्न जग्गा उपलब्ध गराउनुपर्ने र प्रत्येक सरकारी शैक्षिक संस्थामा दृष्टिविहीन अपांगताभएकाहरूका लागि विशेष आरक्षणको व्यवस्था गरिनुपर्ने, महानगरले लुटेका आफ्ना सामान फिर्ता गर्नुपर्नेलगाएतका माग राख्दै सडक आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।
सघर्ष समितिका संयोजक मिन बहादुर तामाङ्ले अफुहरूका माग पुरा नगरिए आन्दोलनलाई अझै शसक्त बनाएर अगाडि बढाईने बताएका छन् ।
