मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

रुकुम पूर्वमा पहिरोमा परी एक जनाको मृत्यु, ३ घाइते

रुकुम पूर्वमा पहिरोमा परी एक जनाको मृत्यु, ३ घाइते

केही दिन यता अभिरल वर्षा भएपछि देशका विभिन्न स्थानमा बाढी, पहिरो जानुको साथै धनजनको क्षती भैरहेको छ । 

मंगलबार, असार २६ २०८१
मंगलबार, असार २६ २०८१
  • सुर्खेत । रुकुम पश्चिममा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । 

    मृत्यु हुनेमा सिस्ने गाउँपालिका– १ का ११ वर्षीय सरगम बुढा रहेका छन् । सिस्ने गाउँपालिकाको दुल्लु गैरामा गए राती पहिरो जाँदा गोठमा सुतिरहेका सरगमसहित उनका बुवा ४४ वर्षीय कर्णबहादुर बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी ९ वर्षीय तिलसरा बुढा घाइते भएका थिए । 

    पहिरोमा परी सरगमको मृत्यु भएको र घाइते उनका बुवा, आमा र बहिनीको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले जानकारी दिए । 

    केही दिन यता अभिरल वर्षा भएपछि देशका विभिन्न स्थानमा बाढी, पहिरो जानुको साथै धनजनको क्षती भैरहेको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार