जनकपुरधाम । बारामा बस दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् ।
जनकपुरबाट वीरगञ्ज जाँदै गरेको बस बाराको जितपुरसिमरा उपमहानगरपालिका– १६ मा पसाहा पुल नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार बस दुर्घटनामा सात जना यात्रु घाइते भएका छन् । घाइते भएका यात्रुहरुको उद्धार गरी उपचारको लागि सिमरा अस्पतालमा पठाइएको जनाइएको छ ।
बस दुर्घटनाको कारण नखुलेको र दुर्घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
