मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

भालुको आक्रमण

भालुको आक्रमणबाट दाङमा एक महिला घाइते 

भालुको आक्रमणबाट दाङमा एक महिला घाइते 

वनमा जाँदा जंगली जनावरको आक्रमणमा पर्ने सक्ने भएकाले अजम्मरी सामुदायिक वनले नजान अनुरोध गरेको

बिहीबार , असार २८ २०८१
बिहीबार , असार २८ २०८१
  • दाङ । दाङमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् । 

    घाइते हुनेमा लमही नगरपालिका– ६ छोट्की महरवा निवासी ४७ वर्षीया शोवारी घाइते मगर रहेकी छन् । शोवारी सोही स्थानस्थित कर्री सामुदायिक वनमा च्याउ टिप्ने क्रममा भालुको आक्रमणमा परेकी थिइन् । 

    भालुको आक्रमणमा परेकी शोवारीको अनुहारमा चोट लागेको छ भने दुवै हात भाँच्चिएको जनाइएको छ । हातीको आक्रमणबाट गम्भीर घाइते उनलाई लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि बुटवल पठाइएको छ । 

    आज बिहान साढे ५ बजे जंगल पुगेकी शोवारीलाई च्याउ टिप्ने क्रममा भालुले आक्रमण गरेको थियो । कर्री सामुदायिक वनमा भालुको आक्रमण भएपछि जोडिएको अजम्मरी सामुदायिक वनको प्रवेशमा कडाइ गरिएको छ । 

    वनमा जाँदा जंगली जनावरको आक्रमणमा पर्ने सक्ने भएकाले अजम्मरी सामुदायिक वनले नजान अनुरोध गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार