काठमाडौं । मुग्लिन–नारायणगढ अन्तर्गत चितवनको भरतपुर महानगरपालिका– २९ स्थित सिमलतालमा खसेको पहिरोले बगाएका दुई वटा डिलक्स गाडी मध्ये एकमा २४ यात्रु रहेको खुलेको छ ।
वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एन्जल डिलक्सको प्रदेश ०३–००६ ख १५१६ नम्बरको बसमा एक जना चालक र दुई सहचालक सहित २४ जना रहेको खुलेको हो । उक्त पहिरोमा काठमाडौंबाट रौतहतको गौरतर्फ जाँदै गरेको गणपती डिलक्स पनि उक्त पहिरोमा परेको जनाइएको छ ।
प्रहरीका अनुसार टिकट काउन्टरका कर्मचारीहरुले एन्जल डिलक्समा १७ जनाको काम र ७ जनाको संख्या इन्ट्री गरेर बस चढाएको भेटिएको छ । बसमा पिपरा भन्ने ठाउँका प्रकाश कटेलको नाममा एउटा, भारतीय नागरिक अन्सारीले दुइटा, वीरगन्जका अर्विन पुर्वेले एउटा, भारतीय नागरिक सन्तोष ठाकुरको एउटा, भारतीय नागरिक सुरेन्द्र शाहीको नाममा एउटा सिट बुकिङ भएको थियो।
त्यस्तै, भारतीय नागरिक भाविद मिया एउटा, वीरगन्जका हरेन्द्र पण्डितले एउटा, भारतीय नागरिक सुनिल शाहको नाममा एउटा, बाराको परमानन्द पण्डितको नाममा एउटा, पर्साको विद्यानन्द नारायण राउतको नाममा तीन वटा, भारतीय नागरिक सनवाज एउटा, रघुनाथपुरका सलमान मियाको नाममा दुइटा, पर्साका रैफुल आलमको नाममा दुइटा र पर्साको सुजित जी नाममा २ वटा सिट बुकिङ भएको जनाइएको छ ।
उनका अनुसार बस जवाही महतोले चलाएका थिए भने राजकुमार लामिछाने र चौधरी थर भएका एक युवक सहचालक थिए। उनीहरू कोही पनि कम्पनीको सम्पर्कमा नआएको
पहिरोमा हराएका दुवै बस खोज्नका लागि नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
