मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

एमालेका यामलाल कँडेल बने कर्णालीको मुख्यमन्त्री 

एमालेका यामलाल कँडेल बने कर्णालीको मुख्यमन्त्री 

प्रदेश प्रमुख तिलक परियारले नेता कँडेललाई मंगलबार कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

बागीपाेस्ट संवाददाता
मंगलबार, चैत २७ २०८०

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त छन् । 

प्रदेश प्रमुख तिलक परियारले नेता कँडेललाई मंगलबार कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सत्ता गठबन्धनमा रहेका दल एमालेसहित नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का गरी जम्मा २३ जना सांसदले हस्ताक्षरसहित कँडेललाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका थिए । 

बहुमत सांसदहरुले कँडेललाई मुख्यमन्त्री बनाउन हस्ताक्षरसहित दाबी पेस गरेपछि प्रदेश प्रमुख परियारलाई कँडेललाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले नवनियुक्त मुख्यमन्त्री कँडेलको पद तथा गोपनियताको शपथ ग्रहण भोली गर्ने जनाएको छ । 

यस अघि माओवादी केन्द्रका राजकुमार शर्मा कर्णालीको मुख्यमन्त्री थिए । केन्द्रमा सत्ता समिकरणमा आएको फेरबदलसँगै कर्णालीको मुख्यमन्त्री एमालेको भागमा परेपछि शर्माले बुधवार पदबाट राजीनामा दिएका थिए । 

yamlal-Kandel-Cm-Niyukta-karnali-Letter.jpg

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार