काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभामा विश्वासको मत गुमाएका छन् ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफुलाई विश्वासको मत दिइयोस् भनेर राखेको विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले अस्वीकृत भएको हो । यो सँगै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढलेको छ ।
प्रधानमन्त्रीको प्रस्तावमाथि भएको मतदान प्रक्रियामा प्रतिनिधिसभामा उपस्थित २५८ सांसद मध्ये उनको प्रस्तावको पक्षमा ६३ मत परेको थियो । विपक्षमा ११४ मत परेको थियो भने एक जना सांसद तटस्थ रहे ।
प्रधानमन्त्रीको पक्षमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीका सांसदले मतदान गरे । कांग्रेस, एमाले, राप्रपा, जसपा नेपाल, जसपालगायतका दलका सांसदले प्रधानमन्त्री प्रचण्डको विपक्षमा मत जाहेर गरे।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड १० पुस ०७९ मा प्रधानमन्त्री नियुक्त भएका थिए।
