चितवन । मुग्लिन–नारायणगढ अन्तर्गत चितवनको भरतपुर महानगरपालिका– २९ स्थित सिमलतालमा खसेको पहिरोले बगाउँदा बेपत्ता भएका बस हालसम्म पनि भेटिएका छैनन् ।
बेपत्ता भएका बसको खोजी कार्यका लागि खटिएका गोताखोरको टोलीले नदीबाट बसको पर्दा र बच्चाको कपडा फेला पारेको छ । प्रहरीका अनुसार हुक लगाएर गोताखोरको टोलीले बस खोज्ने क्रममा बसमा लगाइएको पर्दा र एउटा ट्राउजर भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त पर्दा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एन्जल डिलक्सको प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस भएको बस मालिकले बताएको छन् । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एन्जल डिलक्सको बस र काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपती डिलक्स चितवनको सिमलतालमा आज बिहान पहिरोले बगाएको थियो ।
दुई बसमा कति जना यात्रु थिए भन्ने एकिन हुन सकेको छैन् । बेपत्ता बसको खोजी कार्यको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली त्रिशुली नदीमा खटाइएको छ ।
