मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

शव फेला 

नारायणी नदीमा २ जनाको शव फेला 

नारायणी नदीमा २ जनाको शव फेला 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट– ७ गौरीस्थित नारायणी नदीमा दुई जना पुरुषको शव फेला परेको हो ।

शनिबार, असार ३० २०८१
शनिबार, असार ३० २०८१
  • काठमाडौं । नारायणी नदीमा दुई वटा शव फेला परेका छन् । 

    नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट– ७ गौरीस्थित नारायणी नदीमा दुई जना पुरुषको शव फेला परेको हो । नवलपुरतर्फ नारायणी नदीको बीच भागको टापुमा आज दिउँसो दुई जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए । 

    नदीले बगाएर ल्याएका अन्दाजी २०–२५ वर्षका दुई जना युवाको शव नदीको टापुमा बोटेहरुले देखेर प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेको जनाइएको छ । दुवै शवको विषयमा प्रारम्भिक  अनुसन्धान भैरहेको र पोस्टमार्टमका लािग भरतपुर अस्पताल लगिएको सूचना अधिकारी पौडेलले बताए । 

    उक्त शव सिमलताल पहिरोमा परी बेपत्ता भएको बसका यात्रुहरुको हुन सक्ने आशंका गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार