मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

निर्वाचन

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज हुँदै 

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज हुँदै 

उपाध्यक्षको निर्वाचनको लागि आज अपरान्ह्र १ः१५ बजे राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ । उपाध्यक्षको लागि मंगलबार दुई जनाको उम्मेदवारी दर्ता भएको छ । 

बागीपाेस्ट संवाददाता
बुधबार, चैत २८ २०८०

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षको लागि आज निर्वाचन हुँदैछ । 

उपाध्यक्षको निर्वाचनको लागि आज अपरान्ह्र १ः१५ बजे राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ । उपाध्यक्षको लागि मंगलबार दुई जनाको उम्मेदवारी दर्ता भएको छ । 

सत्ता गठबन्धनको तर्फबाट नेकपा (एमाले) की विमला घिमिरे र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तर्फबाट कांग्रसकी विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएकी छन् । 

आजको बैठकमा एमालेकी घिमिरेलाई भगवती न्यौपाने र कांग्रेसकी पुडासैनीलाई दुर्गा गुरुङले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले दुवै उम्मेदवारका प्रस्तावकहरुलाई पालैपालो निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न दिनेछन् । त्यसपछि अध्यक्ष दाहालले दुवै प्रस्तावहरुलाई निणयार्थ प्रस्तुत गर्ने र जुन प्रस्ताव बहुमतले पारित हुन्छ । त्यही निर्वाचित हुने संघीय संसद सचिवालयले जनाएको छ । 

सत्ता गठबन्धनमा भएको फेरबदलसँगै राष्ट्रिय सभा उपाध्यक्ष एमालेको भागमा परेपछि तत्कालीन उपाध्यक्ष माओवादी केन्द्रकी उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि निर्वाचन हुन लागेको हो । सत्ता गठबन्धनमा बहुमत भएकाले उपाध्यक्षमा एमालेकी घिमिरे राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचित हुने निश्चितजस्तै छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार