मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

शपथ 

ओलीले लिए प्रधानमन्त्रीको शपथ 

ओलीले लिए प्रधानमन्त्रीको शपथ 

ओलीले कांग्रेससहित सांसदहरुको समर्थनमा दाबी पेश गरेपछि उनलाई राष्ट्रपतिले शुक्रबार नै प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

सोमबार, असार ३२ २०८१
सोमबार, असार ३२ २०८१
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । 

    आज राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । शपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, पूर्वप्रधानमन्त्रीहरु सहितको उपस्थित रहेका थिए । 

    प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि उनी पदमुक्त भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

    ओलीले कांग्रेससहित सांसदहरुको समर्थनमा दाबी पेश गरेपछि उनलाई राष्ट्रपतिले शुक्रबार नै प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । ओली शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएपनि उनले आज शपथ लिएका हुन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार