मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

सिमलताल पहिरो

सिमलताल पहिरोका मृतकका परिवारलाई मधेश सरकारले एक लाख दिने 

सिमलताल पहिरोका मृतकका परिवारलाई मधेश सरकारले एक लाख दिने 

“दुर्घटनामा परी ज्यान गुमाउने पीडित परिवारलाई राहत दिने घोषणा गरेका छौँ । मुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ,” मुख्यमन्त्री सिंहले भने ।

बुधबार, साउन २ २०८१
बुधबार, साउन २ २०८१
  • काठमाडौं । मधेश प्रदेश सरकारले नारायणगढ–मुग्लीन सडक अन्तर्गत भरतपुर महानगरपालिका– २९ स्थित सिमलताल पहिरोमा बससहित परेका मधेश प्रदेशका मृतकका परिवारलाई रु एक लाखका दरले राहत दिने भएको छ । 

    पहिरोमा परेका मधेश प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई जनही रु एक लाखका दरले राहत उपलब्ध गराइने मधेश प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले बताए । 

    “दुर्घटनामा परी ज्यान गुमाउने पीडित परिवारलाई राहत दिने घोषणा गरेका छौँ । मुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ,” मुख्यमन्त्री सिंहले भने । 

    उनले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा उक्त राहत रकम प्रदान गरिने गर्ने बताए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार