मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

रहेनन् नोबेल पुरस्कार विजेता वैज्ञानिक पिटर हिग्स

रहेनन् नोबेल पुरस्कार विजेता वैज्ञानिक पिटर हिग्स

वैज्ञानिक पिटर हिग्सको ९४ वर्षको उम्मेरमा निधन

बुधबार, चैत २८ २०८०
बुधबार, चैत २८ २०८०
  • एजेन्सी । वैज्ञानिक पिटर हिग्सको निधन भएको छ । नोबेल पुरस्कार विजेता भौतिकशात्री पिटर हिग्सको ९४ वर्षको उम्मेरमा निधन भएको एडिनवर्ग विश्वविद्यालयले जनाएको छ । एडिनबर्ग विश्वविद्यालयले हिग्सले आफ्नै घरमा अन्तिम सासलिएको जनाएको छ ।

    विश्वविद्यालयले हिग्स एक महान शिक्षक, मार्गदर्शक र युवा वैज्ञानिकहरूको पिढिलाई प्रेरित गर्ने वैज्ञानिक भएको बताएको छ ।

    पिटर हिग्स गड पार्टीकलको खोजका लागि प्रसिद्ध मानिन्छन् ।

    हिग्स बोसोन सिद्धान्तका लागि उनलाई संयुक्त रूपमा नोबेल पुरस्कार दिईएको थियो । बेलायतका हिग्स र बेल्जियम फ्रांस्वा इङ्लर्टलाई संयुक्तरूपमा २०१३ को भौतिकशास्त्र तर्फको नोबेलपुरस्कारबाट सम्मानित गरिएको थियो ।

    वैज्ञानिक पिटर हिग्सको जन्म सन १९२९ मे २९ मा बेलायतको न्युक्यास्टलमा भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार