मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

वुमन एसिया कप

सम्झनाको उत्कृष्ट ब्याटिङमा यूएईमाथि नेपाल ६ विकेटले विजयी 

सम्झनाको उत्कृष्ट ब्याटिङमा यूएईमाथि नेपाल ६ विकेटले विजयी 

खड्काले सर्वाधिक ७२ रन बनाइन्। ४५ बलमा उनले ११ चौका प्रहार गर्दै अविजित रहिन्।

शुक्रबार, साउन ४ २०८१
शुक्रबार, साउन ४ २०८१
  • काठमाडौं ।  एसीसी महिला एसिया कपमा यूएईमाथि नेपाल ६ विकेटले जियी भएको छ ।

    श्रीलंकाको धम्बुलामा शुक्रबार भएको खेलमा नेपालले सुखद सुरुवात गरेको हो। युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६।१ ओभरमा पूरा गरेको थियो।

    नेपालका लागि सम्झना खड्काले विष्फोटक ब्याटिङ गरेपछि नेपालले जित सुनिश्चित गरेको हो। खड्काले सर्वाधिक ७२ रन बनाइन्। ४५ बलमा उनले ११ चौका प्रहार गर्दै अविजित रहिन्।

    त्यस्तै नेपालका लागि पूजा महतोले अविजित ७ रन बनाइन्। त्यसअघि सीता राना मगरले ७ रन, कविता कुँवरले २ रन, इन्दु बर्माले ६ रन र रुबिना क्षेत्रीले १० रन बनाइन्। 

    टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरको खेलमा ८ विकेटको क्षतिमा ११५ रन बनाएको थियो। युएईकी खुसी शर्माले सर्वाधिक ३६, कविशा इगोडेज २२, समाइरा धरनिधर्क १३, कप्तान इशा ओजा १० रनमा आउट भएका थिए ।

    बलिङमा नेपालकी कप्तान इन्दु बर्माले उत्कृष्ट प्रदर्शन गरिन् । ४ ओभर बलिङ गरेकी इन्दुले १२ रन खर्चेर ३ विकेट लिइन् । सवनम राई, कृतिका मरासिनी र कविता जोशीले एकएक विकेट लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार