काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाँदैछन् ।
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरको विमान दुर्घटना भएपछि ओली विमानस्थल जान लागेका हुन् । आज बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन विमानस्थलमा सौर्य एयरको विमानमा आगलागी भएको हो ।
विमानमा भएका १९ जना मध्ये १८ जनाको मृत्यु भएको छ भने पाइलटलाई जिवितै उद्धार गरिएको छ । उनको हाल केएमसी अस्पतालमा उपचार भैरहेको छ ।
विमान दुर्घटनाको सूचना पाएपछि प्रधानमन्त्री ओली दुर्घटनास्थल त्रिभुवन विमानस्थल जान लागेका उनको सचिवालयले जनाएको छ ।
