मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

विमान दुर्घटना

प्रधानमन्त्री ओली दुर्घटनास्थलमा 

प्रधानमन्त्री ओली दुर्घटनास्थलमा 

जिवीतै उद्धार गरिएका पाइलटको भने केएमसी अस्पतालमा उपचार जारी रहेको छ । 

बुधबार, साउन ९ २०८१
बुधबार, साउन ९ २०८१
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरको विमान दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । 

    दुर्घटनाग्रस्त सौर्य एयरको विमान दुर्घटनापछि उद्धारको काम सकिएपछि प्रधानमन्त्री ओली दुर्घटनास्थल पुगेका हुन् । गृहमन्त्री रमेश लेखक र पर्यटनमन्त्री बद्री पाण्डे पनि दुर्घटनास्थल पुगेर जानकारी लिएका छन् । 

    आज बिहान ११ बजेर ११ मिनेटमा इन्जिन परीक्षणका लागि काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरको विमान त्रिभुवन विमानस्थल परिसरमा दुर्घटनाग्रस्त भएको थियो । 

    विमानमा सवार १९ जना मध्ये १८ जनाको मृत्यु भएको छ । जिवीतै उद्धार गरिएका पाइलटको भने केएमसी अस्पतालमा उपचार जारी रहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार