काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको विमानमा दुर्घटनामा परी गम्भीर घाइते भएका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् ।
आज साँझ प्रधानमन्त्री ओलीले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुगेर घाइते क्याप्टेनको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सो क्रममा प्रधानमन्त्री ओलीले क्याप्टेन शाक्यको उपचारमा संलग्न चिकित्सक र उनको परिवारका सदस्यसँग छलफल गरेका थिए । आज बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको हो ।
विमान दुर्घटनामा १८ जनाको निधन भएको छ भने पाइलट शाक्यको जिवीतै उद्धार गरिएको थियो । हाल उनको केएमसीमा उपचार जारी रहेको छ ।
