मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

नक्कली भुटानी शरणार्थी प्रकरण

बेचन झा थुनामै रहने, सर्वाेच्चद्धारा रिहा हुने आदेश दिन अस्वीकार 

बेचन झा थुनामै रहने, सर्वाेच्चद्धारा रिहा हुने आदेश दिन अस्वीकार 

झालाई थुनामा राखेर काठमाडौं प्रहरीले अनुसन्धान जारी राखेको छ । 

बिहीबार , साउन १० २०८१
बिहीबार , साउन १० २०८१
  • काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी अनुसन्धानका लागि थुनामा रहेका बेचन झा थुनामै रहेका छन् । 

    सर्वाेच्च अदालतले झाविरुद्धको बन्दीप्रत्यक्षीकरणको मुद्दामा कानुन बमोजिम गर्न आदेश दिएको । सर्वाेच्चको यो आदेशसँगै झा थुनामै रहने भएका छन् । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले बन्दीप्रत्यक्षीकरण निवेदनमा अन्तिम आदेश जारी गर्दै कानुन बमोजिम गर्नु भनि उनलाई रिहाको आदेश दिन अस्वीकार गरेको हो । 

    जिल्ला अदालतको अनुमति लिएर अनुसन्धानका लागि थुनामा राखेको देखिएको भनेर सर्वाेच्चले थुनामै राखेर पूर्पक्ष गर्ने जिल्लाको आदेश सदर गरेको हो । झालाई थुनामा राखेर काठमाडौं प्रहरीले अनुसन्धान जारी राखेको छ । 

    नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्त भनिएका झा असार १४ गते पक्राउ परेका थिए । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार