काठमाडौं । कीर्तिपुर नगरपालिकाका नगर प्रमुख (मेयर) राजकुमार नकर्मीको निधन भएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालका अनुसार वीर अस्पतालमा गए राती मेयर नकर्मीको निधन भएको हो । मेयर नकर्मीको निधन भएपछि आज कीर्तिपुर नगरपालिकामा शोक बिदा दिइएको छ ।
उनको पार्थिव शरीरलाई आज बिहान ९ बजेदेखि ११ बजेसम्म नगरपालिकामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्तिम संस्कार गरिने छ । मिर्गौलामा समस्या देखिएपछि मेयर नकर्मी नियमित डायलायसिस गराउँदै आएका थिए ।
नकर्मीको गएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मेयरमा विजयी भएका थिए ।
