एजेन्सी । पेरिस ओलम्पिक २०२४ सुरु हुनु केही घण्टा अघि फ्रान्सको उच्च गतिको रेल नेटवर्कलाई लक्षित गरी आक्रमण भएको छ ।
रेलवे कम्पनीका अनुसार राजधानी र लिले बीचको उच्च गतिको रेल लाइनमा पेरिसबाट करिब १०० माईल उत्तरमा रहेको शहर अरास वरपर एउटा आगलागी भएको थियो । उच्च गतिको रेल नेटवर्कमा आक्रमण भएपछि हजारौं यात्रुहरुलाई असर परेको छ ।
फ्रान्सका यातायात मन्त्री प्याट्रिस भर्ग्रिएटकाले यस घटनालाई अपराधिक कार्य भनेका छन् र यसको निन्दा गरेका छन् । आक्रमणको जिम्मेवारी तत्कालै कसैले लिएको छैन। फ्रान्सेली अधिकारीहरूले ओलम्पिकलाई बाधा पुर्याउन रेल सेवामा आगो लगाइएको बताएका छन् ।
पेरिसमा पहिले नै तनावपूर्ण स्थितिमा भएपछि ओलम्पिकको उद्घाटन समारोह अघि त्यहाँ सुरक्षा व्यवस्था कडा पारीएको जनाइएको छ । ओलम्पिक स्थलहरू, पर्यटकीय स्थलहरू, रेल स्टेशनहरू र सडकको कुनाको सुरक्षा गर्नका लागि दशौं हजार प्रहरी अधिकारीहरू तैनाथ गरिएको छ ।
एसएनसीएफका प्रमुख कार्यकारी जीन पियरे फरान्डौले सिग्नलिङका लागि प्रयोग गरिएका केबलहरू बोक्ने पाइपमा आगो लगाइएको बताए ।
