मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

संसदीय सुनुवाइ समिति

प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक आह्वान 

प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक आह्वान 

प्रधानमाथि नेपाल कानुन समाजमा कार्यरत महिलामाथि यौन शोषण गरेको आरोप छ

शनिबार, साउन १२ २०८१
शनिबार, साउन १२ २०८१
  • काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक आह्वान गरिएको छ । 

    संसदीय सुनुवाइ समितिका सचिव समेत रहेका संसद्का महासचिव पदम प्रसाद पाण्डेयले समितिको बैठक साउन १४ गते सोमबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको जानकारी दिए । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे संसदीय सुनुवाइ सकिएकाले उनलाई निर्वाचन आयुक्तमा अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्नको लागि बैठक आह्वान गरिएको हो ।

    संसदीय सुनुवाइ समितिमा विचाराधीन रहेका प्रधानमाथि नेपाल कानुन समाजमा कार्यरत महिलामाथि यौन शोषण गरेको आरोप छ । पीडित महिलाले समितिमा उजुरी दिनुको साथै संसदीय सुनुवाइ समितिमा आएर नै बयान समेत दिएकी थिइन् । 

    प्रधानले भने ती महिलासँगको विवाद अदालतमा मिलाइसकेको बयान दिएका थिए । पैसा दिएर अदालतमा दायर पत्र फिर्ता गर्न लगाई प्रधानले मिलापत्र गरेका थिए । सोमबारको समितिको बैठकले प्रधानबारे निर्णय गर्नेछ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार