मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

सौर्य एयरको जहाज दुर्घटना

सौर्य एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका तीन जनाको अन्त्येष्टि 

सौर्य एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका तीन जनाको अन्त्येष्टि 

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले अनेरास्ववियुकी पूर्व नेत्रृ प्रिजाको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली दिए ।

शनिबार, साउन १२ २०८१
शनिबार, साउन १२ २०८१
  • काठमाडौं । गत बुधवार काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना हुँदा ज्यान गुमाएका एकै परिवारका तीन जनाको अन्त्येष्टि गरिएको छ । 

    सौर्य एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र ४ वर्षीय छोरा अधिराज शर्माको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुकी पूर्व नेतृसमेत रहेकी प्रिजा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सहायक कम्प्युटर अपरेटर थिइन् । 

    पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले अनेरास्ववियुकी पूर्व नेत्रृ प्रिजाको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली दिए । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लायत पार्टीका नेता तथा कार्यकर्ताहरु पशुपति पुगेर अन्तिम श्रद्धाञ्जली दिनुको साथै परिवारलाई सान्त्वना दिएका थिए । 

    बुधवार भएको उक्त जहाज दुर्घटनामा एक विदेशी नागरिकसहित १८ जनाले ज्यान गुमाएका थिए । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार