मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

दक्षिण अफ्रिका

दक्षिण अफ्रिकाको टेभर्नमा गोली चल्दा ७ जनाको मृत्यु 

दक्षिण अफ्रिकाको टेभर्नमा गोली चल्दा ७ जनाको मृत्यु 

गोली लागेर एक महिला र ६ जना पुरुषसहित ७ जनाको मृत्यु भएको अफ्रिकी प्रहरीले जनाएको छ ।

शनिबार, साउन १२ २०८१
शनिबार, साउन १२ २०८१
  • एजेन्सी । दक्षिण अफ्रिकाको उत्तर पश्चिम प्रान्तको क्लर्क्सडर्प बाहिर ओर्कनेय नजिकैको एक खानामा गोली चल्दा सात जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।

    आक्रमणकारीहरु टेभर्नमा पुग्नासाथ अन्धाधुन्ध गोली चलाएका थिए । गोली लागेर एक महिला र ६ जना पुरुषसहित ७ जनाको मृत्यु भएको अफ्रिकी प्रहरीले जनाएको छ ।

    उक्त गोली काण्डमा अन्य धेरै व्यक्तिहरु घाइते भएका र उनीहरुको अस्पतालमा उपचार भैरहेको छ ।आक्रमणकारीहरुले केही नगद सहित घटनास्थलबाट उनीहरुमो मोबाइलहरु समेत लिएर भागेको सीसीटीभि फुटेजमा कैद भएको प्रहरीले जनाएको छ ।

    गोली चलाउनुको कारण  खुलिनसकेको र घटनाको विषयमा थप अनुसन्धान भैरहेको जनाइएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार