मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

गृहमन्त्री लेखक र स्वीस राजदूत मेउलीबीभ भेटवार्ता गृहमन्त्रालय 

गृहमन्त्री लेखक र स्वीस राजदूत मेउलीबीभ भेटवार्ता गृहमन्त्रालय 

भेटमा गृहमन्त्री लेखकले नेपाल र स्वीट्जरल्याण्डबीच १९५६ देखि बलियो द्धिपक्षीय सम्बन्ध रहेको बताए ।

सोमबार, साउन १४ २०८१
सोमबार, साउन १४ २०८१
  • काठमाडौं । गृहमन्त्री रमेश लेखक र नेपालका लागि स्वीस राजदूत डा. डेनियल मेउलीबीच भेटवार्ता भएको छ । 

    राजदूत मेललीले सोमबार गृहमन्त्रालयमा पुगेर मन्त्री लेखकसँग शिष्टाचार भेटावार्ता गरेकी हुन् । भेटमा गृहमन्त्री लेखकले नेपाल र स्वीट्जरल्याण्डबीच १९५६ देखि बलियो द्धिपक्षीय सम्बन्ध रहेको बताए ।

    स्वीस राष्ट्रपतिसँग द्धिपक्षीय भेटका लागि गत २९ जेठमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले गरेको स्वीट्जरल्याण्डको भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाएको उनको भनाई रहेको थियो । भौगोलिक दूरी र फरक विकासस्तरका बाबजुत दुवै देशले मित्रता, सहयोग र पारस्पारिक सम्मानलाई कायम गरेको भन्दै नेपालको शान्ति प्रक्रियामा स्वीसले गरेको गृहमन्त्रीले प्रशंसा गरे । 

    राजदूत मेउलीले नेपालको संक्रमणकालीन न्यायको विषयमा चासो व्यक्त गरिन् । उनले संक्रमणकालीन न्यायको विषय कार्यान्वयनका लागि स्वीट्जरल्याण्डको सहयोग रहने बताइन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार