मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

इजरायल–हमास युद्ध

इजरालयली आक्रमणमा गाजामा मारिए अल जजिराका २ पत्रकार 

इजरालयली आक्रमणमा गाजामा मारिए अल जजिराका २ पत्रकार 

यस अघि इजरायलले अल जजिराको कार्यालयमा नै मिसाइल आक्रमण समेत गरेको थियो ।

बुधबार, साउन १६ २०८१
बुधबार, साउन १६ २०८१
  • एजेन्सी । गाजामा इजरायली आक्रमणमा अल जजिराका २ जना पत्रकार मारिएका छन् । 

    मारिनेमा अल जजिराका अरबी पत्रकार इस्माइल अल–घौल र उनका क्यामेराम्यान रामी अल–रिफी गाजा पट्टीमा भएको आक्रमणमा मारिएका अल जजिराले जनाएको छ ।

    इजरायल– हमासबीच भएको युद्धयता गाजामा युद्धलाई पहिले नै पत्रकार र मिडियाकर्मीहरूका लागि संसारको सबैभन्दा घातक द्वन्द्व मानिएको थियो । यस अघि इजरायलले अल जजिराको कार्यालयमा नै मिसाइल आक्रमण समेत गरेको थियो ।

    न्यूयोर्कमा रहेको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सले सन् १९९२ मा समूहले तथ्याङ्क सङ्कलन गर्न थालेदेखि यो अवधिलाई सबैभन्दा घातक अवधि भएको जनाएको छ । 

    हमास–इजरायल युद्ध सुरु भएदेखि जुलाई ५ सम्ममा मारिएका सञ्चारकर्मीको संख्या १०८ पुगेको छ। 


    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार