मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने प्रधानमन्त्री ओलीको घोषणा 

सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने प्रधानमन्त्री ओलीको घोषणा 

केही दिन अघि ओली प्रधानमन्त्री नियुक्त भएपछि पार्टीको एक कार्यक्रम बालुवाटारमा आयोजना गरेपछि उनको चर्काे आलोचना भएको थियो । 

बिहीबार , साउन १७ २०८१
बिहीबार , साउन १७ २०८१
  • काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने घोषणा गरेका छन् । 

    बिहिवार बिहान प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने बताएका हुन् । 

    सामाजिक सञ्जालमा प्राप्त सुझावहरुका आधारमा आफूले सरकारी निवास बालुवटारमा बैठक नराख्ने बताएका ओलीले सामाजिक सञ्जालमार्फत आफूलाई सुझाव दिन आग्रह गरेका छन् । केही दिन अघि ओली प्रधानमन्त्री नियुक्त भएपछि पार्टीको एक कार्यक्रम बालुवाटारमा आयोजना गरेपछि उनको चर्काे आलोचना भएको थियो । 

    एमालेको सचिवालय बैठक आज बस्दैछ । आजको बैठक सिंहदरबार अगाडीको होटल बसेरामा बस्नेछ । 

    उनले आज सामाजिक सञ्जालमा लेखेका छन्, “सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु। आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ। यसरी नै मलाई सुझाव दिँदै जानुहोला । धन्यवाद !”

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार