मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

राजनीति

नवनियुक्त तीन प्रदेश प्रमुखले आज शपथ लिँदै 

नवनियुक्त तीन प्रदेश प्रमुखले आज शपथ लिँदै 

नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नियुक्त गरिएको जनाएको

बिहीबार , साउन १७ २०८१
बिहीबार , साउन १७ २०८१
  • काठमाण्डौं । नवनियुक्त तीन प्रदेशका प्रमुखले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । 

    मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बागमतीमा कैलालीका दीपक प्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्ण बहादुर घर्ती मगर र कर्णालीमा बझाङका यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए । उनीहरु तीनै जनाको शपथ ग्रहण आज साँझ ५ बजे हुनेछ । 

    केन्द्रमा सत्ता समिकरण परिवर्तन भएसँगै नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको हो । यस अघि बागमती प्रदेश प्रमुखमा एकीकृत समाजवादी निकट यादव चन्द्र शर्मा, लुम्बिनी र कर्णालीमा माओवादी निकट अमिक शेरचन र तिलक परियार थिए । 

    राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नियुक्त गरिएको जनाएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार