काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।
रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) मा गृहमन्त्रालयले सार्वजनिक बिदा दिएको हो ।
यसदिन राष्ट्रपतिको उपस्थितिमा गुठी संस्थानको प्रतिनिधिले रथको चारै दिशामा भोटो देखाउने गरिन्छ । मच्छिन्द्रनाथ रथ ललितपुरको जाउलाखेलमा पुर्याइएको छ ।
