काठमाडौं । नेकपा (एमाले) का नवनियुक्त उपाध्यक्ष गुरु बरालसहित मनोनित केन्द्रीय सदस्यहरुले शपथ लिएका छन् ।
अध्यक्ष बरालसहित मनोनीत १७ जना केन्द्रीय सदस्यहरुलाई आज अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा पद तथा गोपनिताको शपथ गराएका हुन् ।
गत शुक्रबार बसेरा होटलमा बसेको एमालेको ३४ औँ सचिवालयको बैठकले बराललाई उपाध्यक्षमा र अन्य १७ जनालाई केन्द्रीय सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
