मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

राजनीति

दोस्रो पटक सुदूरपश्चिमको मुख्यमन्त्री बने शाह 

दोस्रो पटक सुदूरपश्चिमको मुख्यमन्त्री बने शाह 

नवनियुक्त मुख्यमन्त्री शाहको शपथ सोमबार हुनेछ ।

आइतबार, साउन २० २०८१
आइतबार, साउन २० २०८१
  • काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कलमबहादुर शाह नियुक्त भएका छन् । 

    दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख आइतबार साँझ ५ बजेसम्मको समय तोकेर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । कांग्रेस संसदीय दलका नेता शाहले कांग्रेससहित एमाले सांसदहरुको सर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । 

    निर्धारित समयसम्म शाहले मात्रै मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुख नजिर मियाँले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । केन्द्रमा कांग्रेस र एमालेको गठबन्धन बनेपछि सुदूरपश्मि प्रदेश सरकारको नेतृत्व कांग्रेसको भागमा परेको थियो । 

    मुख्यमन्त्रीमा नियुक्त भएसँगै शाह दोस्रो पटक सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यस अघि कांग्रेस र माओवादी केन्द्रसहितका दलहरुको गठबन्धन हुँदा पनि साह मुख्यमन्त्री थिए । 

    नवनियुक्त मुख्यमन्त्री शाहको शपथ सोमबार हुनेछ । मुख्यमन्त्री शाहले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सुदूरपश्चिम प्रदेश सभामा अहिले कायम रहेको सांसद संख्या ५३ हो। बहुमतका लागि यहाँ २७ जना सांसदको समर्थन चाहिन्छ।

    सुदूरपश्चिममा कांग्रेसका १८ र एमालेका ११ जना सांसद छन्। यी दुई दलमात्रै भए पनि सरकार बनाउन बहुमत पुग्छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार