मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

बंगलादेश

बंगलादेशको प्रधानमन्त्री कार्यालयमा छिरे प्रदर्शनकारी, उठाए सोफा र कुर्सी 

बंगलादेशको प्रधानमन्त्री कार्यालयमा छिरे प्रदर्शनकारी, उठाए सोफा र कुर्सी 

देशबासीका नाममा सम्मबोधन गर्दै उनले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । 

सोमबार, साउन २१ २०८१
सोमबार, साउन २१ २०८१
  • एजेन्सी । बंगलादेशमा सरकारविरोधी आन्दोलनकारीहरु प्रधानमन्त्री कार्यालयमा प्रवेश गरेका छन् । 

    केही सयम अघि देखि चलेको आरणविरुद्धको आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । भने उनले देश छोडेर भारतमा शरण लिएकी छन् । हसिनाको राजीनामा माग गरिरहेका प्रदर्शनकारीहरु ढाकास्थित प्रधानमन्त्री कार्यालयमा प्रवेश गरेका हुन् । 

    प्रधानमन्त्री निवास गणभवनबाट प्रदर्शनकारीहरुले कुर्सी र सोफा उठाएर लगेका बिबिसीले जनाएको छ । हाल ढाकामा हजारौं प्रदर्शनकारीहरु सडकमा छन् । प्रधानमन्त्री निवासमा ठूलो संख्यामा प्रदर्शनकारीहरु प्रवेश गरेका थिए । 

    प्रधानमन्त्री हसिनाले राजीनामा दिएर देश छोडेसँगै बंगलादेशका सेना प्रमुख वाकेर–उज–जमनले विभिन्न राजनीतिक दलका प्रमुखसँग छलफल गरेका थिए । देशबासीका नाममा सम्मबोधन गर्दै उनले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार