मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

बिचौलियालाई अर्बौं छुट दिने दुस्साहस गरे ओली सरकार बिरुद्ध सशक्त संघर्ष गर्ने प्रचण्डको चेतावनी

बिचौलियालाई अर्बौं छुट दिने दुस्साहस गरे ओली सरकार बिरुद्ध सशक्त संघर्ष गर्ने प्रचण्डको चेतावनी

ओली नेतृत्वको सरकारले विचौलियाको पक्षमा काम गरिरहेको छ - प्रचण्ड

बागीपाेस्ट संवाददाता
मंगलबार, साउन २२ २०८१

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष एवम् पूर्व  प्रधानमन्त्री प्रचण्डले वर्तमान ओली नेतृत्वको सरकारले जनताको अर्बौं रकम विचौलियालाई छुट दिने दुस्साहस गरे सरकारका विरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् ।

बिराटनगर विमानस्थलमा आईतबार साँझ पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले केही विचौलियाको प्रभावमा परेर ओली नेतृत्वको सरकारले असुल्नुपर्ने अर्बौं को बक्यौता छुट दिन लागिपरेको बताउँदै त्यसो गरिएमा सरकार विरुद्ध संघर्ष गर्ने चेतावनी दिएका हुन ।

अध्यक्ष प्रचण्डले दलाल र विचौलियाको कारणले देशले अर्बौंको क्षेती बेहोर्नुपरेको पनि उल्लेख गरे । उनले अहिले एमाले - काङ्ग्रेस को गठनबन्धन सरकारले जनताको पक्षमा नभएर विचौलियाको काम गरिरहेको आरोप लगाएका हुन ।

उनले बहुमतको आडमा जे पनि गर्न सकिन्छ भन्ने दम्भ त्याग्न सरकारलाई आग्रह गरे । बंगलादेशमा बहुमतको दम्भका कारण सत्ता पलट भएको पनि उनले बताए ।

जनताको पक्षमा अझै समावेसी प्रतिनिधित्व सुनिस्चित हुनुपर्ने भन्दै उनले जनताका पक्षमा नहुने संविधान संशोधन मान्य नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार