मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

इरानलाई स्तब्ध पार्दै नेपाल काभा वुमन नेसन्स लिग भलिबलको फाइनलमा

इरानलाई स्तब्ध पार्दै नेपाल काभा वुमन नेसन्स लिग भलिबलको फाइनलमा

मंगलबार, साउन २२ २०८१
मंगलबार, साउन २२ २०८१
  • काठमाडौं । नेपाल काभा वुमन नेसन्स लिग भलिबलको फाइनलमा पुगेको छ ।

    मंगलबार दशरथ रंगशालामा भएको सेमिफाइनलमा इरानलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

    नेपालले पहिलो सेट २५-१९ ले जितेको थियो भने दोस्रो सेट २८-२६ ले जितेको हो । दोस्रो सेटमा कुनै समय नेपाल २१–२४ ले पछाडि थियो ।

    तर उषा भण्डारीले लगातार तीन अंक ल्याएर नेपाललाई खेलमा फर्काएकी थिइन् । तेस्रो सेटमा पनि नेपालले २५-२० को सोझो जित निकाल्यो ।

    यस अघि पहिलो सेमिफाइनलमा श्रीलंकालाई हराएर भारत फाइनलमा पुगेको थियो। अब नेपालले उपाधिको लागि फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार