काठमाडौं । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) मा सहमति जुटाउन सहजीकरण संयन्त्रको कार्यदलले शिर्ष नेताहरुलाई प्रतिवेदन बुझाएको छ ।
कार्यदल सदस्यहरुले आज लिखित प्रतिवेदन प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संयुक्त रुपमा बुझाएका हुन् ।
शिर्ष नेताहरुको अध्ययन पश्चात् आवश्यक सुझाव दिएपछि समितिमार्फत अगाडी बढाएर जारी संसद् अधिवेशनबाटै विधेयक पारित गर्ने कार्यदलका सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ ले जानकारी दिए ।
उक्त विद्येयकमा सहमति जुटाउन कार्यदलमा एमालेबाट महेश बर्ताैला, नेपाली कांग्रेसबाट रमेश लेखक र माओवादी केन्द्रबाट शर्मा रहेका थिए ।
