काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
दुर्घटनास्थलबाट क्याप्टेनसहित ५ जनाको शव निकालिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी विष्णुकुमार केसीले जानकारी दिए ।
हेलिकप्टर पाइलट अरुण मल्लबाहेक अरु चार जना चिनियाँ नागरिक रहेका छन् ।
