मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

मृत्यु 

टिचिङ अस्पतालको छतबाट हाम फालेका युवकको मृत्यु 

टिचिङ अस्पतालको छतबाट हाम फालेका युवकको मृत्यु 

मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका ४ बस्ने २१ वर्षीय स्वरुपराज आचार्य रहेका छन् ।

शनिबार, साउन २६ २०८१
शनिबार, साउन २६ २०८१
  • काठमाडौं । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लपान्ट सेन्टरको छतबाट हाम फालेका युवकको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका ४ बस्ने २१ वर्षीय स्वरुपराज आचार्य रहेका छन् । आचार्यले शनिबार (आज) दिउँसो ३ बजे मनमोहन कार्डियोथोरासिक सेन्टरको छैटौं तलाबाट हाम फालेर घाइते भएका थिए । 

    हाम फालेर घाइते भएका आचार्यलाई उपचारको सोही अस्पतालको इमर्जेन्सीमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    घटनाको विषयमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाई रहेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार