मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

लोकसभा चुनाव

लोकसभा चुनावका लागि भाजपाद्धारा घोषणा पत्र जारी 

लोकसभा चुनावका लागि भाजपाद्धारा घोषणा पत्र जारी 

भाजपाले दलित समुदायका अब्बल नेता र भारतीय संविधानका निर्माता बीआर अम्बेडकरको जन्मजयन्तीको अवसरमा लोक सभा चुनाव २०२४ को घोषणापत्र सार्वजनिक गरेको हो । 

बागीपाेस्ट संवाददाता
आइतबार, वैशाख २ २०८१

एजेन्सी । भारतीय जनता पार्टी (भाजपा) ले लोकसभा चुनाव २०२४ को लागि घोषणा पत्र जारी गरेको छ । 

‘मोदीको ग्यारेन्टी संकल्प पत्र’ नाम दिइएको सो घोषणा पत्र आज भाजपाको नयाँ दिल्लीस्थित पार्टी मुख्यालयमा प्रधानमन्त्री नरेन्द्र मोदी, पार्टी अध्यक्ष जेपी नड्डा र अन्य वरिष्ठ नेताहरुको उपस्थितिमा सार्वजनिक गरिएको हो । 

भाजपाले दलित समुदायका अब्बल नेता र भारतीय संविधानका निर्माता बीआर अम्बेडकरको जन्मजयन्तीको अवसरमा लोक सभा चुनाव २०२४ को घोषणापत्र सार्वजनिक गरेको हो । 

यस अघि भाजपाले रक्षा मन्त्री राजनाथ सिंहको अध्यक्षतामा २७ सदस्यीय घोषणापत्र समिति नियुक्त गरेको थियो । उक्त समितिले देशभरबाट पार्टीका नेता, कार्यकर्ता र सामाजिक सञ्जालमार्फत जनताहरुले दिएका सुझावको आधारमा घोषणा पत्र तयार गरेको जनाइएको छ । 

भाजपाले घोषणा पत्रमा सुशासन, देशको सुरक्षा, स्वच्छ भारत, खेलकुदको विकास र वातावरण सम्बन्धी मुद्दाहरु समावेश गरिएको छ । रक्षामन्त्री तथा भाजपाका वरिष्ठ नेता राजनाथ सिंहले घोषणा पत्र जारी गर्दै आफूहरुले जे बोल्छौं । त्यही गर्छाै भन्दै ‘मोदीको ग्यारेन्टी संकल्प पत्र’ २४ क्यारेट सुन जत्तिकै राम्रो भएको दाबी गरे । 

भाजपाको घोषणा पत्रमा आगामी ५ वर्षमा निःशुल्क राशन, पानी, ग्यास जडान, शून्य विद्युत महशुल उपलब्ध गराउने, ७५ वर्षभन्दा माथिका प्रत्येक व्यक्तिलाई आयुष्मान भारत योजनाको दायरामा ल्याउने, राष्ट्रिय शिक्षा नीति लागू गरिने लगायतका विषयहरु उल्लेख गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार