शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

नेपाली स्याटालाइट

नेपाली स्याटालाइट प्रक्षेपणका लागि भारतीय विदेश मन्त्रालय र न्यु स्पेस इन्डियाबीच समझदारी पत्रमा हस्ताक्षर

नेपाली स्याटालाइट प्रक्षेपणका लागि भारतीय विदेश मन्त्रालय र न्यु स्पेस इन्डियाबीच समझदारी पत्रमा हस्ताक्षर

गत पुस १९ गते नेपाल- भारतबीचको संयुक्त आयोगको बैठकमा नेपालले बनाएको स्याटालाइटलाई भारत सरकारको सहायोगमा प्रक्षेपण गर्ने सहमति भएको थियो ।

शनिबार, साउन २६ २०८१
शनिबार, साउन २६ २०८१
  • काठमाडौं । नेपालमा बनेको स्याटालाइट प्रक्षेपणका लागि भारतीय विदेश मन्त्रालय र न्यु स्पेस इन्डियाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले बनाएको मुनाल स्याटालाइट प्रक्षेपणका लागि दुई पक्षबीच अनुदान सहयोग उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

    विदेश मन्त्रालयको तर्फबाट अनुराग श्रीवास्तव र न्यु स्पेस इन्डियाको तर्फबाट निर्देशक श्री अरुनाचलम ए बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

    कार्यक्रममा नास्टका सचिव डा. रविन्द्रप्रसाद ढकाल र भारतका लागि कार्यवाहक नेपाली राजदूत डा. सुरेन्द्र थापा र अन्तरिक्ष प्रतिष्ठान नेपालका संस्थापक डा. अभास मास्के सहभागी थिए।

    गत पुस १९ गते नेपाल- भारतबीचको संयुक्त आयोगको बैठकमा नेपालले बनाएको स्याटालाइटलाई भारत सरकारको सहायोगमा प्रक्षेपण गर्ने सहमति भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार