मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

बाढी/पहिरो

दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

मंगलबार, साउन २९ २०८१
मंगलबार, साउन २९ २०८१
  • नवलपरासी पश्चिम । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ ।

    नवलपुरको दाउन्नेमा सोमबार राति सडक भासिँदा सुरुमा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो ।

    भासिएको स्थानमा मर्मतका लागि आज दिउँसो १ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए ।

    विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गर्न लागिएको उनले जानकारी दिए ।

    यस खण्ड भएर यात्रा गर्ने यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको प्रनाउ पौडेलले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार