काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्याय सम्बन्धी कानुनमा सहमति हुनु खुसीको विषय भएको बताएका छन् ।
आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्याय सम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरुका लागि खुसीको विषय भएको बताए ।
सहमतिका साथ कानुन पारित हुने चरणमा पुगेकाले पारित भएका कानुनलाई कार्यान्वयन गर्न सरकारले यथेष्ट सहजीकरण गर्ने स्पष्ट पारे ।
उनले भने, “हाम्रो देश द्धन्द्धमा थियो । हामीले शान्ति प्रक्रियालाई अगाडी बढायौँ । यो प्रक्रिया हाम्रो आफ्नै हिसाबको मौलिक होम ग्रोन हो । कहिले धीमा गति र कहिले समाधान हुँदै यो प्रक्रिया अगाडी बढेको छ । हामीले दुनियाका लागि एक नमुनाका रुपमा शान्ति प्रक्रिया अगाडी बढाएका छौँ ।”
