काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेताहरुले माओवादी जनयुद्ध शब्द प्रयोग गर्न हिचकिचाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
बुधवार प्रतिनिधिसभामा सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा भएको छलफलकाका क्रममा बौल्दै अध्यक्ष प्रचण्डले अहिले पनि नेताहरुले बोल्दा खेरी हिंसात्मक द्धन्द्ध भन्ने गरेको भन्दै आपत्ति जनाए । उनले संविधानसभाबाट जारी भएको संविधानमा नै माओवादी जनयुद्ध भन्ने शब्द उल्लेख ग रिएको स्मरण गराए ।
उनले भने, “अहिले पनि नेताहरु हिंसात्मक द्धन्द्ध भन्ने गर्नुहुन्छ । माओवादी जनयुद्ध शब्द प्रयोग ग¥यो भने जातै जाला जस्तो गर्नुहुन्छ । जबकी संविधानसभाबाट नै माओवादी जनयुद्ध भन्ने शब्द लेखिएको छ ।
नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम र नमुना भएको अध्यक्ष प्रचण्डको भनाई रहेको छ । शान्ति प्रक्रिया सफल हुनुको मुख्य कारण नै जनयुद्धको राजनैतिक र वैचारिक इमान भएको प्रचण्डले दाबी गरे ।
