मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

नेपाल विद्युत् प्राधिकरण

लोडसेडिङ अन्त्य मात्र होइन, विद्युत् निर्यात गर्ने हैसियत बनाएका छौँ : कुलमान घिसिङ

लोडसेडिङ अन्त्य मात्र होइन, विद्युत् निर्यात गर्ने हैसियत बनाएका छौँ : कुलमान घिसिङ

कार्यकारी निर्देशक घिसिङले प्राविधिक कारणले केही छिन विद्युत् अवरुद्ध भए पनि गर्वका साथ लोडसेडिङ अन्त्य भएको दाबी गरे ।

शनिबार, भदौ १ २०८१
शनिबार, भदौ १ २०८१
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य भएको बताएका छन् ।

    नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले लोडसेडिङको अन्त्यसँगै विद्युतलाई भारतमा समेत निर्यात गर्न सफल भएको बताएका हुन् ।

    उनले भने, ‘विभिन्न आरोह अवरोहकाबिच पनि नेपाल विद्युत् प्राधिकरणले ३९ औँ वर्ष पार गरेको छ । आठ वर्ष अघि वर्षायाममा समेत दैनिक आठ,नौ घण्टा र सुख्खा याममा १८ घण्टासम्मको लोडसेडिङ हुनुपरेको कहालीलाग्दो अवस्थाबाट मुक्ति मिलेको छ । हाल वर्षायाममा देशभित्र खपत गरि दैनिक सात सय मेगावाट भन्दा बढी निर्यात गर्ने अवस्थामा पुगेका छौँ । २०७३ सालको तिहारको लक्ष्मी पूजाको दिनदेखि काठमाडौँ उपत्यकाबाट प्रारम्भ गरिएको लोडसेडिङ अन्त्यको अभियानबाट २०७५ वैशाखबाट मुलुकभर लोडसेडिङ अन्त्य गर्न सफल भएका छौँ ।’

    कार्यकारी निर्देशक घिसिङले प्राविधिक कारणले केही छिन विद्युत् अवरुद्ध भए पनि गर्वका साथ लोडसेडिङ अन्त्य भएको दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार