शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

नेप्सेमा करिब २० अंकको गिरावट, कारोबारमा देखियो असर

नेप्सेमा करिब २० अंकको गिरावट, कारोबारमा देखियो असर

बिहीबार , फागुन ५ २०७८
बिहीबार , फागुन ५ २०७८
  • बुधबार सेयर बजार घटेको छ। आज सेयर बजारको परिसूचक १९.८४ अंकले घटेर २,७३४.४४ पुगेको हो। अघिल्लो दिन सेयर बजारको परिसूचक ५३.३० अंकले बढेर २,७५४.२८ पुगेको थियो। 

    दिनभरमा जम्मा २३१ कम्पनीको ५६ लाख ५२ हजार १८२ सेयर किनबेच हुँदा ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँ १४ पैसाको कारोबार भएको छ। 

    कारोबार भएका कुल कम्पनीमध्ये १५४ कम्पनीको मूल्य घटेको छ भने ३२ कम्पनीको मूल्य बढेको छ। बाँकी ५ कम्पनीको मूल्य स्थिर छ। 

    आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये २ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक नकारात्मक देखिाएको छ। लाइफ इन्स्योरेन्स र अन्य उपसमूहको मात्रै सूचक सकारात्मक देखिएको हो। 

    बुधबार गुराँस लघुवित्त वित्तीय संस्थाको ३.४४ प्रतिशतले बढेको छ। त्यस्तै, ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सेयर ३.२३ प्रतिशतले बढेको छ। बाँकी कम्पनीको सेयर भने ३ प्रतिशतभन्दा कमले बढेको छ। 

    नेपाल स्टक एक्सचेन्जकाअनुसार आज अपि पवार कम्पनीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको २१ करोड १४ लाख ६५ हजार ३३९ रुपैयाँको कारोबार भएको हो। 

    यसपछि, नेसनल हाइड्रोपावर कम्पनीको १७ करोड ७८ लाख ४७ हजार ९६६ रुपैयाँ १० पैसा, अरुन भ्याली हाइड्रोपावर डिभलपमेन्टको १६ करोड ८ लाख ७१ हजार ११ रुपैयाँ ६० पैसा, एनटिसीको १४ करोड ८८ लाख ३० हजार ६०० रुपैयाँ १० पैसा र युनाइटेड इन्स्योरेन्सको १३ करोड २५ लाख ६० हजार ७४६ रुपैयाँ ५० पैसाको कारोबार भएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार