मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

राजनीति

परराष्ट्रमन्त्री आरजुले सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने 

परराष्ट्रमन्त्री आरजुले सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने 

मन्त्रालय स्रोतका अनुसार भारतमा हुने द्धिपक्षीय भेटवार्तामा दुई देशको आपसी हित, सहकार्यका विषयमा छलफल हुने जनाइएको छ । 

आइतबार, भदौ २ २०८१
आइतबार, भदौ २ २०८१
  • काठमाडौं । छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएकी छन् । 

    भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणामा आइतबार नयाँ दिल्ली प्रस्थान गरेकी राणाले सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    परराष्ट्रमन्त्री राणाले सोमबार नै समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्ने बताइएको छ । मन्त्रालय स्रोतका अनुसार भारतमा हुने द्धिपक्षीय भेटवार्तामा दुई देशको आपसी हित, सहकार्यका विषयमा छलफल हुने जनाइएको छ । 

    मन्त्री राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत र सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका उत्तरी महाशाखा प्रमुख अनुराग श्रीवास्तवले स्वागत गरेका थिए । 

    परराष्ट्रमन्त्री भएपछि राणाको यो पहिलो विदेश भ्रमण हो । चार दिने औपचारिक भ्रमणमा आज भारत प्रस्थान गरेकी मन्त्री राणा बिहिवार नेपाल फर्किने छिन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार