मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

बाढी/पहिरो

जाजारकोटमा पहिरोले टहरा बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु 

जाजारकोटमा पहिरोले टहरा बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु 

भूकम्पले घर भत्कीएपछि उनीहरु भूकम्प पीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका थिए । 

सोमबार, भदौ ३ २०८१
सोमबार, भदौ ३ २०८१
  • सुर्खेत । जाजरकोटमा पहिरोले टहरा बगाउँदा एकै परिवारका तीन जना भूकम्प पीडितको मृत्यु भएको छ । 

    पहिरोमा पुरिएर मृत्यु हुनेमा नलगाड नगरपालिका– २ माझगाउँका ४२ वर्षीय लालबहादुर परियार, उनकी श्रीमती ३४ वर्षीया मनिषा परियार र २ वर्षीय छोरा शिवम परियार रहेका छन् । आइतबार राती आएको पहिरोले उनीहरु बसेको टहरो बगाउँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख पुरुषोतम पाण्डेले जानकारी दिए । 

    जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार राती पहिरोमा पुरिएका उनीहरुको शव स्थानीय र प्रहरीले निकालेका थिए । भूकम्पले घर भत्कीएपछि उनीहरु भूकम्प पीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका थिए । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार