मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

प्रस्तावित १७ राजदूतविरुद्ध संसदीय समितिमा ९ वटा उजुरी

प्रस्तावित १७ राजदूतविरुद्ध संसदीय समितिमा ९ वटा उजुरी

राजदूत सिफारिस गर्दा किन समावेशीतालाई ख्याल गरिएन भन्ने प्रश्नसहितका उजुरी परेका छन् ।

शुक्रबार, भदौ ७ २०८१
शुक्रबार, भदौ ७ २०८१
  • काठमाडौं । विभिन्न देशका लागि प्रस्तावित १७ जना राजदूतविरुद्ध संसदीय समितिमा ९ वटा उजुरी परेको छ ।

    दुई वटा उजुरी इमेलबाट र ९ वटा उजुरी भौत्तिक रुपमा उपस्थित भएर परेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । गत साउन ३० गते सुनुवाइ समितिले प्रस्तावित १७ जना राजदूतविरुद्ध १० दिने उजुरी आह्वान गरेको थियो ।

    निर्धारित समयभित्र ९ वटा उजुरी परेको गिरीले जानकारी दिएका हुन् । उजुरीहरुमा केही व्यक्तिगत र केही सामुहिक रहेको बताइएको छ । उजुरीमा राजदूत सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णयमाथि प्रश्न समेत उठाइएको छ ।

    राजदूत सिफारिस गर्दा किन समावेशीतालाई ख्याल गरिएन भन्ने प्रश्नसहितका उजुरी परेका छन् । यसअघि पनि समावेशिताको प्रश्न उठाएर समितिमा उजुरीहरु परेका थिए । गत साउन १४ गते सरकारले विभिन्न १८ देशका लागि राजदूतहरुको नाम सिफारिस गरेको थियो । तर, पराराष्ट्र मन्त्रालयबाट संसदीय सुनुवाइ समितिमा १७ जनाको मात्रै पुगेको थियो ।

    अष्ट्रेलियाका लागि राजदूतमा सिफारिस भएकी कान्ता रिजालको नाम भने सुनुवाइ समितिमा पुगेको छैन । समितिले प्राप्त १७ जना प्रस्तवित राजदूत उपर उजुरी आह्वान गरेको हो । प्रस्तावित राजदूतहरुमा चीनका लागि कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि शैल रुपाखेती, भारतका लागि शंकरप्रसाद शर्मा रहेका छन् ।

    यस्तै इजलायलका लागि धनप्रसाद पण्डित, मलेलियाका लागि नेत्रप्रसाद तिमिल्सिना, पाकिस्तानका लागि रीता धिमाल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल र कतारका लागि रामेशचन्द्र पौडेलको नाम सिफारिस भएको छ । रुसी महासंघका लागि जंगबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाम्फे, स्पेनका लागि सनिल नेपाल, श्रीलंकाका लागि चन्द्र कुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम सिफारिस भएको छ ।

    अब प्राप्त उजुरी एकीकृत गरेर खोलिने, उजुरीकर्तालाई उजुरीको कारण र आधार प्रस्तुत गर्न दिएर प्रस्तावित राजदूतको सुनुवाइको कार्य अगाडि बढ्ने समिति सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार